HELP SEE Scholarship 2024

 

HELP SEE Scholarship 2024

 

 

Deadline: 13th May 2024,  (31st Bisakh, 2081)

 

 

यस हेल्प छात्रवृत्ति कार्यक्रममा आवेदन दिने प्यारा भाइबहिनीहरु, 

सर्वप्रथम माध्यमिक शिक्षा परीक्षामा सहभागी हुन भएकोमा सफलताको शुभकामना साथै यस हेल्प छात्रवृत्ति सहयोगका लागि आवेदन दिन इच्छा व्यक्त गर्नु भएकोमा धेरै धन्यवाद! साथै यस छात्रवृत्ति फारम भर्नु पूर्व कृपया निम्नलिखित आधारहरु ध्यानपूर्वक अध्ययन गरी भर्नुहुन अनुरोध गर्दछौं । 

* आवेदकले माध्यमिक शिक्षा परीक्षा  परीक्षाको ग्रेड सीट (विज्ञान विषयको लागी B+ र गैर-विज्ञान विषय (विज्ञान विषय बाहेकका अन्य विषयहरु) अध्ययन गर्नको लागि C+ आएको), जना शिक्षक वा प्रधानाध्यापकले लेखेको सिफारिस, वडा सिफारिस, तल उल्लेख भएका प्रश्नहरुको उत्तर तथा एक प्रतिफोटो यस आवेदन सहित संलग्न गरेको हुनुपर्नेछ । अपुर्ण फारमलाई कुनै 
पनि हालतमा प्रकृयामा समावेश गराइने छैन । 

*आवेदक अन्तर्वार्तामा अनिवार्य रुपमा उपस्थित हुनुपर्नेछ । छोटो सूचीमा परेका आवेदकहरुलाई मात्र अन्तर्वातामा बोलाइनेछ । अन्तर्वार्ताको मिति र समय पछि फोन मार्फत जानकारी गराइनेछ । 

*फारम नेपाली वा अंग्रेजी भाषामा भर्न मिल्नेछ । फारमभरि एउटै भाषा प्रयोग भएको हुनुपर्नेछ।

*छनौट प्रक्रियालाई बाधा पुग्ने किसिमको कुनै पनि कार्य गरेको पाइएमा छनौट प्रक्रियाबाट स्वत अयोग्य ठहर गरिनेछ ।

 * छात्रवृत्ति सहयोग प्राप्त गर्ने हरेक आवेदकले आफनो २ वर्षे अध्ययन पूरा भइसके पछि आफूले सिकेका कुरा लिएर आफ्नो गाउँमा शिक्षा वा सामाजिक क्षेत्रमा स्वयं सेवकका रुपमा कुनै किसिमको योगदान पुयाउनु पर्ने छ ।

 

फारम भर्नु अगाडी निम्न कागजात र निबन्ध तयारी अवस्थामा राख्नुहोला । यस फारमको अन्तिम सेक्सनमा  आफ्नो कागजातहरु अपलोड गर्नु पर्नेछ। कृपया अपलोड गर्दा लेखिएको बुजिने गरि इस्क्यान वा फोटो खिचेर अपलोड गर्नुहोला ।


                       ***निवन्धहरु A4  paper मा स्पष्ट बुज्नेगरि लेखिएर फोटो खिचिएको  वा टाइप  गरिएको हुनु पर्नेछ ***

 

१. निबन्ध १ : तपाईं के पढ्न चाहनु हुन्छ र किन? १५० शब्द नबढाइ लेख्नुहोस् (What do you want to study and why? Write not more than in 150 words.)

२. निवन्ध २ : तपाईले आफ्नो जिवनकालमा गरेको कुनै काम वा क्षणको उल्लेख गर्नुहोस् जुन काम वा क्षणको तपाईं धेरै गर्व गर्नु हुन्छ । Describe the moment or activity in your lifetime that you feel proud about. 

३. निवन्ध ३ : तपाई आफलाई किन यस छात्रवृत्ति को लागि उपयुक्त ठान्नु हुन्छ? पुष्टि हुने गरी आफनो जिवनी १५० शब्द नघटाई , लेख्नु होस् । (Write your biography/ life story justifying why you think you are suitable for this scholarship not less than in 150 words.)

४. बिद्यालय प्रधानाध्यापक वा आफ्नो नाता नपर्ने शिक्षक को शिफारिस । बिद्यालय बाट प्राप्त सिफारिसमा बिद्यालयको अधिकारिक लेटर प्याडमा  निम्न कुराहरु उल्लेख गरिएको हुनुपर्नेछ ।
       
             क) दरखास्तवाला विद्यार्थीलाई कति समयदेखि कसरी चिन्नुहुन्छ ? 
            ख) विद्यार्थीको शैक्षिक क्षमता र नयाँ कुरा सिक्ने इच्छाको कस्तो मुल्याङ्कन गर्नुहुन्छ ?
            ग)  विद्यार्थीमा नेतृत्व गर्न सक्ने क्षमता वा सम्भावना देख्नुहुन्छ ?
            घ )  विद्यार्थीको सबल पक्ष र कमी कमजोरीको बारेमा बयान गर्नुहोस् । 
            ङ) विद्यार्थीको आर्थिक अवस्था

५. वडा कार्यालयको  सिफारिस

६. आफ्नो SEE PREBOARD परिक्षाको ग्रेडसिट

७. एक प्रति अनुहार राम्रो सङ्ग देखिएको फोटो  

 

APPLY NOW: SCHOLARSHIP 2021

 

 

 

help-nepal